इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित

इराकी विद्युत् मन्त्रालयका अनुसार, इरानले ग्यासको आपूर्ति पूर्ण रूपमा रोक्दा इराकमा विद्युत् उत्पादन चार हजार पाँच सय मेगावाटसम्म घटेको छ।
मन्त्रालयका अनुसार इरानले आपतकालीन अवस्थाको कारण देखाउँदै ग्यास आपूर्ति रोक्ने निर्णय गरेको हो ।
ग्यास अभावका कारण उत्पन्न सङ्कटलाई न्यूनीकरण गर्न इराकी विद्युत् मन्त्रालयले तेल मन्त्रालयसँग समन्वय गरी स्वदेशी वैकल्पिक इन्धन प्रयोग गरेर अधिकांश विद्युत् केन्द्र सञ्चालनमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।
दशकौँदेखि द्वन्द्व र अस्थिरताका कारण दीर्घकालीन विद्युत् अभाव भोग्दै आएको इराक विद्युत् उत्पादनका लागि विशेष गरी गर्मी याममा इरानी ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ । तर प्राविधिक समस्या, मर्मतसम्भार तथा भुक्तानीसम्बन्धी विवादका कारण ग्यास आपूर्ति बारम्बार अवरुद्ध हुने गरेको छ, जसका कारण देशका विभिन्न भागमा पटक–पटक विद्युत् कटौती हुँदै आएको छ ।
सन् दुई हजार अठारदेखि संयुक्त राज्य अमेरिकाले इराकलाई इरानबाट ग्यास आयात गर्न प्रतिबन्ध छुट दिँदै आएको भए पनि यस वर्ष मार्चमा उक्त नीतिमा कडाइ गरिएको थियो । त्यस क्रममा इरानबाट सिधै विद्युत् आयात गर्न दिइएको अनुमति हटाइए पनि ग्यास आयातसम्बन्धी छुट भने कायम राखिएको मन्त्रालयले जनाएको छ ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया