इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित

इराकी विद्युत् मन्त्रालयका अनुसार, इरानले ग्यासको आपूर्ति पूर्ण रूपमा रोक्दा इराकमा विद्युत् उत्पादन चार हजार पाँच सय मेगावाटसम्म घटेको छ।
मन्त्रालयका अनुसार इरानले आपतकालीन अवस्थाको कारण देखाउँदै ग्यास आपूर्ति रोक्ने निर्णय गरेको हो ।
ग्यास अभावका कारण उत्पन्न सङ्कटलाई न्यूनीकरण गर्न इराकी विद्युत् मन्त्रालयले तेल मन्त्रालयसँग समन्वय गरी स्वदेशी वैकल्पिक इन्धन प्रयोग गरेर अधिकांश विद्युत् केन्द्र सञ्चालनमा राख्ने प्रयास गरिरहेको जनाएको छ ।
दशकौँदेखि द्वन्द्व र अस्थिरताका कारण दीर्घकालीन विद्युत् अभाव भोग्दै आएको इराक विद्युत् उत्पादनका लागि विशेष गरी गर्मी याममा इरानी ग्यासमा अत्यधिक निर्भर रहँदै आएको छ । तर प्राविधिक समस्या, मर्मतसम्भार तथा भुक्तानीसम्बन्धी विवादका कारण ग्यास आपूर्ति बारम्बार अवरुद्ध हुने गरेको छ, जसका कारण देशका विभिन्न भागमा पटक–पटक विद्युत् कटौती हुँदै आएको छ ।
सन् दुई हजार अठारदेखि संयुक्त राज्य अमेरिकाले इराकलाई इरानबाट ग्यास आयात गर्न प्रतिबन्ध छुट दिँदै आएको भए पनि यस वर्ष मार्चमा उक्त नीतिमा कडाइ गरिएको थियो । त्यस क्रममा इरानबाट सिधै विद्युत् आयात गर्न दिइएको अनुमति हटाइए पनि ग्यास आयातसम्बन्धी छुट भने कायम राखिएको मन्त्रालयले जनाएको छ ।











राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया