जसपाको विवाद सुल्झाउने वक्तव्यसँगै एकल निर्णय पेश

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेकै दिन संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् । जसपा संसदीय दलको नेतामा महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको हो ।
जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको जसपाको पत्रमा संसदीय दलको नेतामा महतोको नाम उल्लेख गरिएको छ । सोही पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
यो पनि पढ्नुहोस् : जसपाका ठाकुर र यादवले गरे सरकारको नेतृत्वमा दाबी
यसबारे संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहने वा नरहेने बारे प्रष्ट पारिएको छैन ।
आज दुवै पक्षका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरिरहेको अवस्थामा पार्टीभित्रको विवाद कम हुने देखिए पनि यस निर्णयले आगामी दिनमा कस्तो प्रभाव पार्ने छ ? यो भने हेर्न बाँकी नै रहेको छ ।
















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
प्रतिक्रिया