शनिबार, पुष १२, २०८२

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

मेरोन्यूज २०८२ पुष ११ गते १३:३३

काठमाडाैं ।एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

अग्रवाल नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका व्यक्ति हुन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राखेका उनले आफ्नो कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्ने अग्रवालले प्रतिबद्धता जनाएका छन् ।

उनको नेतृत्वमा सफलताको थप उचाई प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रतिक्रिया