रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पक्षबीच एकताकाे विषयमा लगभग सहमति जुटेकाे छ । दुई पक्षबीच सहकार्य गर्ने लगभग सहमति भए पनि अन्तिम टुंगो भने लाग्न नसकेकाे नेताहरुले जानकारी दिएका छन् ।
स्राेतका अनुसार शुक्रबार बिहानबाट रास्वपाका शिशिर खनाल, असिम शाह र बालेनका तर्फबाट कुमार बेन र भुपदेव शाहबीच छलफल भएको थियो । छलफलमा केही कुरामा सहमती जुटेकाे तर अन्तिम टुंगाे लाग्न भने बाँकी रहेकाे बताइएकाे छ । के के विषयमा सहमति जुट्यो भन्नेबारे खुलाएकाे भने छैन।
जानकारी अनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै रहने र मेयर बालेनलाई उपसभापतिसँगै प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । वार्ता समितिका बीचमा लगभग सहमति जुटेको तर त्यसलाई अन्तिम रूप दिने विषय भाेलि टुंगो लाग्ने स्राेतकाे भनाइ छ ।
रवि, बालेन सहमतिमा उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत समेट्नेबारे छलफल भइरहेको बुझिएको छ ।











चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया