दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
मेरोन्यूज
२०८२ पुष ११ गते २०:०८

बैतड। दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट खाल बस्ने ५१ वर्षीय देवानसिंह साउद मृत फेला परेका छन् । यही पुस ९ गतेदेखि सम्पर्कविहीन रहेका उनी आज स्थानीय गिठीखोला भिरमा मृत फेलापरेका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।
बुधबार स्थानीय बजारमा मासु ल्याउन जानुभएका साउद घर नफर्केपछि खोजतलास गर्दै जाँदा आज अपराह्न मृत फेलापरेका र मुखमा निलडाम र टाउकोमा चोट रहेकाले हत्याको आशङ्का गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज सिंह नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ र अनुसन्धान सुरु भएको जनाइएको छ । मृतकका श्रीमती, पाँच छोरा र एक छोरी छन् ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया