निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
मेरोन्यूज
२०८२ पुष १२ गते २०:५१

आयोगका अनुसार प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३, ३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी १,८९,०३६८९ मतदाता समावेश भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम मतदाता नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ ।
आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ म भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्म १८ उमेर पुरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशित गरिएको जनाएको छ ।
सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्ने गरी अन्तिम मतदाता नामावलीको वेबसाइट www.election.gov.np मा समेत प्रकाशित गरिएको आयोगले जनाएको छ ।

सम्बन्धित
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया