एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
मेरोन्यूज
२०८२ पुष १३ गते १५:०६

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीअन्तर्गतका होटल, रिसोर्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।
यससम्बन्धी सम्झौतापत्रमा बैंकका डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्।
यो सुविधाअन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले होटल ले हिमालय, इला होटल्स एण्ड रिसोर्ट्स, इला कम्फर्ट, द लेकसाइड रिसोर्ट, सेक एण्ड फेंग रेष्टुरेन्ट, मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा छुट प्राप्त गर्नेछन्।
यस सहकार्यले ग्राहकलाई सहुलियत मिल्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबारमा प्रोत्साहन मिल्ने बैंकले जनाएको छ।
सम्बन्धित

















इरानद्वारा इजरायलमाथि जवाफी क्षेप्यास्त्र हमला सुरु
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
निर्वाचन आचारसंहिता उल्लङ्घनः आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
प्रतिक्रिया