बुधबार, पुष १६, २०८२

नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता

मेरोन्यूज २०८२ पुष १४ गते १९:३८

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि सहमति भएको छ।

सोमबार पार्टी एकतासम्बन्धी १० बुँदे सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार दुवै पार्टीबीच एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ भने निर्वाचन चिन्हसमेत सोही पार्टीअन्तर्गत रहने उल्लेख छ।

प्रतिक्रिया