सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र शहरबजारमा होहल्ला हेर्दा इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘सोसल मिडिया हे¥यो भने सहर बजारका मान्छेको होहल्ला हे¥यो भने त पूरै विचारविहीन, इतिहास विहीन, त्याग तपस्या र निष्ठाविहीनले पूरै कब्जा गरिसके नेपाल भन्याजस्तो होहल्ला छ। पार्टीहरू त सिद्धिइसके,’ प्रचण्डले भने, ‘जसले दशकौँ त्याग, तपस्या, निष्ठाका कीर्तिमान कायम गरेकाहरू बदमास, यिनको काम छैन अब भन्या जस्तो।’
सोसियल मिडियामा होहल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन भन्याजस्तो गरी होहल्ला भइरहेको पनि उनले बताए। उनले अगाडि भने, ‘मोबाइल हेर्नेहरूको हात हातमा त्यस्तो हो कि भन्ने भ्रम पर्छ। तर जनता त्यस्तो भ्रममा छैनन्।’
















जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया