मंगलबार, पुष १५, २०८२

कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली

मेरोन्यूज २०८२ पुष १५ गते १७:२१

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्।

उनीहरुकाे एकतालाई लक्षित गर्दै ओलीले बाख्रा र कुखुराको मोर्चाबन्दीले बाघको मुकाबिला गर्न नसक्ने टिप्पणी गरे।

मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भने, “कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर, स्यालले मोर्चा गरेर बाघको, सिंहको सिकार हुन्छ ? मुकाविला हुन्छ ?”

ओलीले एमाले जस्तो बलियो पार्टीसँग मुकाविला गर्न दुब्लाहरूले सहकार्य गरेको टिप्पणी गरे । “दुब्लाको काम नै मोर्चा गर्ने हो । बलियासँग लड्नका लागि दुब्लाले एकताका कुरा गर्दछन् । आज पनि अर्को एकता हुन्छ रातिसम्ममा । अस्ति पनि एकता भयो, हिजो पनि एकता भयो । आज पनि हुन्छ, भोलि पनि हुन्छ,” उनले भने, “अनि दुई/चारजना, दुई/चारजना मिलेर घैँटामा बोकेको पानीले महासागरसँग जति मोर्चा गरे पनि कसरी होला ?”

प्रतिक्रिया