पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०८२ पुष १५ गते २०:२८

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक मंगलबार बिहान अचानक साढे ७ बजे ग्यास बुलेट पल्टियो । ग्यास बुलेट पल्टिएपछि पूर्व-पश्चिम राजमार्ग झन्डै १३ घण्टादेखि अवरुद्ध छ।
ग्यास बुलेट उठाउन ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोली नै खट्यो । तर बुलेट लिक भएका कारण उनीहरूको दिनभरिको प्रयास सफल हुन सकेन ।
ग्यास बुलेट पल्टिएको स्थान बस्तीभन्दा टाढा छ । जसका कारण ग्यास चुहिएर मानवबस्तीमा हुने जोखिम कम रहेको जनाइएकाे छ ।
सवारीसाधनहरू चन्द्रनिगाहपुर—गौर राजमार्ग हुँदै बालचनपुर, जंगल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजावत गरिरहेका छन् ।
सम्बन्धित













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया