प्रहरी बनेर रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ
मेरोन्यूज
२०८२ पुष १६ गते १७:५८

काठमाडौँ । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई जना प्रहरी फन्दामा परेका छन् ।
नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलको खानतलासी गरी रकम असुली गर्ने सिन्धुपाल्चोकका ३७ वर्षीय नानीबाबु लामा र दोलखाका ३४ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका–६ स्थित औषधि पसलबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
सम्बन्धित













निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदी सम्पर्कविहीन
नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया