एमएडब्लु वृद्धिले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प ल्याउँदै

काठमाडौं । नेपालका लागि डोङफेङ र सेरेस ब्रान्डका इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोक्रपले दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ ।
क्याम्प पुस १९ देखि २१ गतेसम्म दाङस्थित राप्ती अटोमार्ट प्रालिको परिसरमा सञ्चालन हुनेछ, जुन दाङ क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरकसमेत हो ।
एमएडब्लु वृद्धिका अनुसार उक्त क्याम्पमार्फत ग्राहकहरूले आकर्षक आर्थिक सुविधासहित पुरानो सवारी साटेर नयाँ इलेक्ट्रिक सवारी खरिद गर्न सक्ने अवसर पाउनेछन् । यो कार्यक्रम दाङमा नयाँ अत्याधुनिक डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित ‘नामी भिगो’को आधिकारिक सार्वजनिक अनावरणको अवसरमा आयोजना गरिएको हो ।
कार्यक्रम अवधिमा इलेक्ट्रिक सवारी स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन विशेष अफर प्याकेज सार्वजनिक गरिएको एमएडब्लु वृद्धिले जनाएको छ । ग्राहकहरूले ‘नामी भिगो’ र ‘नामी बक्स’ विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ९७ किलोवाट क्षमताको द्रुत चार्जर, ३.५ किलोवाट क्षमताको पोर्टेबल चार्जर र निःशुल्क अटो प्लस बीमाको सुविधा पनि प्रदान गरिनेछ ।
उच्चस्तरीय इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि सेरेस ब्रान्डमा अधिकतम ६ लाख रुपैयाँसम्मको विशेष लाभ उपलब्ध गराइनेछ । सबै मोडेलमा पुराना सवारी साधनको आकर्षक मूल्याङ्कन गरिने र टेस्ट ड्राइभ लिने प्रत्येक आगन्तुकलाई निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
दाङमा सञ्चालनमा आएको नयाँ शोरूमले डोङफेङ र सेरेसका इलेक्ट्रिक सवारी साधनका लागि यस क्षेत्रको प्रमुख बिक्री तथा सेवा केन्द्रका रूपमा काम गर्नेछ । सीमित अवधिका विशेष अफरको लाभ लिन र इलेक्ट्रिक सवारीको प्रत्यक्ष अनुभव गर्न एमएडब्लु वृद्धिले दाङ तथा आसपासका ग्राहकहरूलाई आमन्त्रण गरेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया