पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?

काठमाडौं । आज २०८२ साल पुस १८ गते शुक्रवार तदनुसारसन् २०२६ जनवरी २ तारिख ।पुस शुक्ल पक्षको चतुर्दशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
मेष : दिन उत्साहवर्धक र लाभदायी रहनेछ। मनपर्दो स्वादिष्ट भोजनको आनन्द मिल्ला। विपरीत परिस्थितिमा आफन्त वा सहयोगीहरूको साथ मिल्नेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृष :विशेष व्यक्तिबाट उपहार प्राप्त होला। मन प्रशन्न रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : अनावश्यक यात्रा गर्नदेखि बच्नुहोस्। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। व्यर्थको कार्यमा ऊर्जा वा समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सिंह : व्यापार व्यवसायमा आम्दानीका नयाँ स्रोतहरू बन्नेछन्। कुनै शुभ समाचार सुन्न पाइएला। लामो समयदेखि रोकिएको काम बिस्तारै अघि बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
कन्या : पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। मनोरञ्जनपूर्ण समय रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।
तुला : निर्णय गर्दा धैर्यता अपनाउनुहोला। आफ्नो विचारलाई सकारात्मक राख्नुहोस्। काममा ढिला वा सुस्ति पनि हुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक : एउटा पक्षको कुरा सुनेर मात्रै अन्तिम निर्णयमा नपुग्नुहोला। विद्यार्थीहरूको अभिव्यक्ति कलामा निखार आउनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
धनु :भौतिक संसाधन जुटाउने समय रहेको छ। शत्रुहरूको गतिविधिले आत्मबल घट्न सक्छ। कुनै शुभ कार्य गर्नुभन्दा अघि मातापिता र मान्यजनहरूको आशीर्वाद लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : कला साहित्य वा संगीतको क्षेत्रमा रुचि बढ्नेछ। शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक विकास हुनेछ। दिगो लाभको कार्य हात लाग्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : आफन्तहरूबाट टाढिनुपर्ला। व्यापार व्यवसायमा शब्दले मात्रै होइन विचारले पनि सशक्त बन्नुहोस्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मीन : धैर्य वा लगनशीलताले लाभका विभिन्न अवसरहरू मिल्नेछन्। धार्मिक वा सांस्कृतिक संघ समारोहमा सम्मलित भइएला। अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
प्रतिक्रिया