भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली। भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले कारवाही गर्दा शनिबार भएका दुई झडपमा परी १४ जना माओवादी विद्रोही लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य भारतमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा दश हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
सरकारले यस समूह माथि कारबाही गरिरहेको छ, जसको नाम हिमालयको फेदमा रहेको गाउँको नाममा राखिएको छ जहाँ लगभग छ दशक अघि माओवादी–प्रेरित विद्रोह सुरु भएको थियो । प्रहरीका अनुसार विद्रोहीहरूलाई मध्य राज्य छत्तीसगढमा शनिबार गोली हानेर मारिएको थियो ।
छत्तीसगढ प्रहरीले विज्ञप्ति जारी गर्दै मासुकमा र बिजापुर जिल्लामा भएको झडपमा १४ जना माओवादी मारिएको जनाएको छ । विद्रोहीहरुसँग गोलाबारुद र एसल्ट राइफलहरू जफत गरिएको छ ।
अधिकारीहरूले बारम्बार मार्चको अन्त्य सम्ममा विद्रोह पूर्ण रूपमा अन्त्य गर्ने वाचा गरेका छन् । सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूसहित नक्सालवादी विद्रोहले कुनै समय देशको लगभग एक तिहाइ भागमा प्रभुत्व जमाएको थियो ।












क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर
Nomination of candidates for NA member today
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
प्रतिक्रिया