घरको छत खस्दा पाकिस्तानमा ६ जनाको मृत्यु
मेरोन्यूज
२०८२ पुष २० गते १३:५९

पाकिस्तानको उत्तरी पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा (केपी) शनिबार बिहान घरको छत खस्दा छ जना व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अधिकांश मृत्यु भएका व्यक्ति बच्चा हुन् ।
राज्य सञ्चालित रेस्क्यु ११२२ का अनुसार, यो घटना चर्सड्डा जिल्लाको शाबकदार क्षेत्रमा बिहान करिब ४ बजे घटेको थियो । छत खस्दा त्यहाँका महिला र बच्चाहरू फसिएका थिए ।
रेस्क्यु ११२२ केपीका प्रवक्ता बिलाल अहमद फाइजीले सिन्हुआलाई जानकारी दिँदै भन्नुभयो,“घर माटोबाट बनाइएको थियो र वर्षाका कारण कमजोर भएको थियो ।”
घाइतेलाई प्राथमिक उपचार दिइएको र नजिकैको अस्पतालमा सारिएको छ ।
मृतकमा दुई देखि १४ वर्षका बच्चाहरू र २५ वर्षीया महिला रहेका छन् भने घाइतेमा पनि महिला र बालबालिका छन् ।
सम्बन्धित












Nomination of candidates for NA member today
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया