महोत्तरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
मेरोन्यूज
२०८२ पुष २१ गते १९:४४

जलेश्वर (महोत्तरी) । महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार बलवाा–११ मा ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीया बुधनीदेवी ठाकुरको मृत्यु भएको हो । लोहारपट्टी नगरपालिकाबाट रामगोपालपुर नगरपालिकातर्फ जाँदै गरेको ना ६ ख ९१५३ नम्बरको ट्रकले बाटो काट्दै गरेकी ठाकुरलाई ठक्कर दिएको हो ।
ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।
सम्बन्धित












संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त : गृहमन्त्री अर्याल
सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
80,000 army personnel to be mobilized in upcoming HoR elections
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
केपी ओलीको स्थानहद फुकुवा
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
प्रतिक्रिया