नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ । विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो ।
आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए ।
बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
सम्मानप्रति प्रतिक्रिया दिँदै नबिल बैंकका सीइओ ज्ञवालीले भने, ‘विकास नायक २०८२ सम्मान प्राप्त गर्नु बैंकका लागि गर्वको विषय हो । यो सम्मान नबिल बैंकको चार दशक लामो राष्ट्रनिर्माण यात्राको कदर पनि हो ।’ उनले थपे, ‘वित्तीय समावेशीकरण, डिजिटल नवप्रवर्तन, रोजगारी सृजना, राजस्वमा दिइएको टेवा, ऊर्जा तथा पूर्वाधार विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने हाम्रो प्रतिबद्धतालाई यसले थप सुदृढ बनाएको छ ।’
सम्बृद्घ नेपाल, सुखी नेपालीको परिकल्पनालाई यस्तो सम्मानले आधार दिएको बताउँदै उनले यस्तो सम्मानले देश विकासमा अझ टेवा पुर्याउन उर्जा प्रदान गरेको बताए ।












काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया