गैरीगाउँ गोदाममा भएकाे आगलागीले नजिकैकाे स्कुल भवनमा समेत क्षति
मेरोन्यूज
२०८२ पुष २२ गते १९:१२

काठमाडौँ । काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो ३ः१५ बजे लागेको आगो ४ः४५ बजे नियन्त्रणमा आएको हो ।
ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठको गोदाममा आगलागी भएको र सो आगलागीबाट गोदाम पूर्ण रुपमा नष्ट भएको पनि उनले बताए ।
आगलागीबाट जोडिएको लोयला सेकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिइएको तर क्षतिको विवरण भने आइनसकेको प्रवक्ता भट्टराईले बताए । विवरण सङ्कलनमै रहेको उनले बताए ।
सम्बन्धित












विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
रियर व्हील ड्राइभ प्रविधिमा ईभी खरिदकर्ताको बढ्दो आकर्षण, यस्तो छ कारण
विदेशी मुद्राको सञ्चिति ३२ खर्ब नाघ्यो
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
निर्वाचनमा कुनै गठबन्धन हुँदैनः संयोजक दाहाल
प्रतिक्रिया