भारतीय दूतावासको सिफारिसमा निगमले ७ उडान गर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले नेपालमा फसेका भारतीय नागरिकलाई साउदी अरेबिया लगिदिने भएको छ । भारतीय दूतावासको सिफारिसमा मे १८ देखि २२ तारिखसम्म साउदी अरेबियामा ७ उडानको तयारी गरिएको निगमले जानकारी दिएको हो ।
यी भारतीय नागरिकहरू अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जान नेपाल आएका थिए । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाएपछि उनीहरू अलपत्र परेका थिए । नेपालमा रहेका भारतीयलाई गन्तव्यसम्म पुर्याउन क्यानले १० उडान अनुमति दिएको छ । जसमा निगमले ७ र हिमालय एयरलाइन्सले ३ उडान गर्ने छन् ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवम् भारतीय दूतावासका समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीयका हकमा निगमद्वारा उपलब्ध गराइएको टिकटका आधारमा पाँच उडान साउदीको रियाद र दुई दमामका लागि निर्धारण गरेको छ । निगमको उच्च सक्रियताका कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।
निगमले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाउँदै विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री स्वदेश ल्याइरहेको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया