क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर
मेरोन्यूज
२०८२ पुष २३ गते ८:४५

एम्बासडरकाठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेज’को ‘ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशनबीच आज सम्झौता भएको हो ।
नेपाली खेलप्रेमीमाझ लोकप्रिय रहेका क्रिकेटर मल्ल आइसिसी टी–२० विश्वकप–२०२६ का लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीमा पर्न सफल भएका छन् । लुम्बिनी लायन्समा आबद्ध मल्ल गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेल प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका थिए । उनी नेपाली सिनियर टोलीबाट पहिलो पटक विश्वकप क्रिकेट खेल्ने भएका छन् । मल्ल यसअघि एनपिएलको पहिलो संस्करण विजेता जनकपुर वोल्ट्समा आवद्ध थिए ।
क्रिकेटर मल्लले गौतम एजुकेशनसँग जोडिन पाउँदा खुशी लागेको बताए । गौतम एजुकेसनका कार्यकारी निर्देशक इन्द्रजीत गौतमले मल्ल जस्तो उदीयमान खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए । उनले देशभर विभिन्न जिल्लामा रहेका विद्यालयमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि सहयोग गर्ने योजना रहेको बताए ।
सम्बन्धित
















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया