गण्डकी प्रदेश सरकार
पुरानै मन्त्रीलाई दोहोराउँदै मन्त्रिपरिषद् विस्तारको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनित्रपरिषद् विस्तारको तयारी गरेका छन् । प्रदेश सभामा सवैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८(३) अनुसार गत वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएका गुरुङले आज पूरानै मन्त्रीहरुलाई दोहोराएर मनित्रपरिषद् विस्तार गर्न लागेका हुन् ।
गुरुङ कोरोना संक्रमित भई आइसोलेसनमा बसेका कारण उनले यो वीचमा मन्त्रिपरिषद् विस्तार गरेका थिएनन । आज उनले सवै पू्ररानै अनुहारका मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न खोजेका हुन् ।
उनले २ वजे प्रदेश मन्त्रिपरिषद् विस्तार गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ ।
शुरुमा भौतिक र आर्थिक मामिला मन्त्री मात्र नियुक्ति गर्ने र बजेट पछि मात्र उनले अन्य मन्त्रीको नियुक्ति गर्ने सोच बनाएपनि पार्टी नेताहरुको दवावका कारण उनले सवै यसपटकलाई पूरानै मन्त्रीलाई दोहोराउने भएका हुन् ।
यसअघिको मन्त्रिमण्डलमा समाजिक विकास मन्त्रालय नरदेवी पुन मगर, पर्यटन विकास लम्साल, आर्थिक तथा मामिला किरण गुरुङ, भौतिक विकास रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रालय राजीव गुरुङ ‘दीपक मनाङे’ ले सम्हाल्दै आएका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया