बादललाई मत दिन राप्रपाका मतदातालाई निर्देशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भोलि बिहीबार हुने उप निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेका उम्मेदवार तथा गृह मन्त्री रामबहादुर थापालाई मतदान गर्न निर्देशन गरेको छ ।
बागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा रिक्त रहेको एक सिटका लागि भोलि उप निर्वाचन हुने भएको हो । यसका लागि एमालेले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका बादललाई उम्मेदवार बनाएको हो ।
निर्वाचन नजिकिँदै गर्दा राप्रपाले एमालले आफ्नो पक्षको उम्मेदवार बादललाई मतदान गर्न आग्रह भएकाले मत दिने जनाएको छ । पार्टीका केन्द्रीय सचिवालय प्रमुखहरू भास्कर भद्रा र ध्रुब बहादुर प्रधानले हस्ताक्ष गरेको पत्रमा भनिएको छ, ‘नेकपा एमालेका उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लािर्ग एमालेको अनुरोधसहितको पत्र प्राप्त भएको छ । जसले गर्दा सोही निर्णय गरेको छ ।’
यसअघि राप्रपाका तीन जना अध्यक्षहरूले उप निर्वाचनका लागि एमालेका उम्मेदवार बादललाई मतदान गर्ने समझदारी गरेको थियो ।
यस्तै, बादलको विपक्षीमा प्रदेश ३ को राजधानी हेटौंडामा हुने उप निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेका नेता माधवकुमार नेपालको गठबन्धनमा कलम चिह्नमा डा खिमलाल देवकोटा उम्मेदवार भएका छन् । यसैगरी, जनमोर्चाले आफ्नै उम्मेदवार उठाएको छ ।











NPL 2025: Lumbini to face Chitwan today
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया