ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
मेरोन्यूज
२०८२ पुष २४ गते १०:४७

ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरलेको नाम एक नम्बरमा सिफारिस गरेको हो । पोखरेलको जन्मथलो ओखलढुंगा हो ।
यसअघि पोखरेलको नाम काठमाडौँ ५ बाट एकल सिफारिस भएको छ भने धनुषा–१ बाट पनि सिफारिस भएको छ । धनुषा पोखरेलले भूमिगतकालमा काम गरेको कार्यक्षेत्र हो ।त्यस्तै ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार,कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ,जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रुपमा सिफारिस गरिएको छ ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया