असन्तुष्ट समूहलाई वार्तामा आउन ललितकला प्रज्ञा प्रतिष्ठानको आह्वान

काठमाडौँ । भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आह्वान गरेको छ ।
प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखितरुपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानार्कषण गराएको हो । विज्ञप्तिमा यही पुस १६ गते ‘प्रतिष्ठान विरूद्ध विरोधमा कार्यक्रम, नेपाली कलाकर्मीको आवाज अभियान’ भनी विभिन्न विषयका १५ बुँदा दिई सामाजिक सञ्जालमा आएको र त्यसैदिन केही कलाकार जम्मा भई प्रतिष्ठानको गेटबाहिर विरोध कार्यक्रम सञ्चालन गरेको उल्लेख छ ।
यसले प्रतिष्ठानको काम कारबाही र पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेको भए पनि विभिन्न आरोप र आक्षेपप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको उल्लेख छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले आरोप र विरोध सामाजिक सञ्जालमा गर्नुभन्दा लिखित र आधिकारीक रुपमा प्रतिष्ठानसँग माग राख्न अनुरोध गरेको बताए ।
“हामीले सामाजिक सञ्जालमा प्रतिष्ठानको विरोध गरेको देख्यौँ”, उनले भने, “समाधानका लागि वार्तामा औपचारिक रुपमा आउनुपर्छ । हामी उहाँहरुका गुनासा सुन्छौँ ।”












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
प्रतिक्रिया