बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

काठमाडौं । बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको छ । यस्तै कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद घाइते भएका छन् ।
मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छा सेवक दलका पूर्व महासचिव रहेको स्थानीय सञ्चार माध्यमले जनाएक छन् ।
बुधबार राति ८:४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको जनाइएको छ ।
तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडिसी) फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गरेका छन् । स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समूहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताएका छन् ।
मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली हान्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा मुसब्बिरलाई बिआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ ।
द डेली स्टारका अनुसार मुसब्बिरले शरियतपुरका बासिन्दाहरूको समूहसँग सुपर स्टार होटल नजिकैको कार्यक्रममा सहभागी भई मुसब्बीर र मसूद नजिकैको गल्लीबाट हिँड्दै गर्दा दुई आक्रमणकारीले घटनास्थलबाट भाग्नुअघि गोली चलाएका थिए ।
गोलीकाण्डपछि सोना र गाँव चौराहा नजिकै स्थानीय बिएनपी सदस्यहरू समावेश भएको समूहले विरोध प्रदर्शन गरेको थियो । पछिल्लो समयमा बङ्गलादेश भरि राजनीतिक हिंसा बढेको खबरहरूबीच फेब्रुअरी– १२ मा हुने राष्ट्रिय चुनावअघि कानून र व्यवस्थाको चिन्तामा यस घटनाले थप अशान्ति बढाएको छ ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया