रेम्डेसिभिर औषधि नेपालमै उत्पादन हुने, नेशनल हेल्थ केयरले पायो अनुमति

काठमाडौं । कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने भएको छ ।
उक्त औषधि उत्पादन गर्न नेशनल हेल्थ केयरलाई औषधि व्यवस्था विभागको अनुमति दिएको छ । नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोषराज बरालले नेशनल हेल्थ केयरले रेम्डेसिभिर औषधि उत्पादनका लागि अनुमति पाइसकेको जानकारी दिए ।
“नेपालमा यसको परीक्षण पास भइसकेको छ, उत्पादनको अन्तिम प्रक्रियामा छ” उनले भने, “एक महिनाभित्रमा रेम्डेसिभिर उत्पादन सुरु गर्ने छ।”
उनका अनुसार उक्त नेशनल हेल्थ केयरसँग मात्र प्लान्ट छ । उक्त कम्पनीले आवश्यक कच्चा पदार्थ ल्याइसकेका छ भने अन्तिम चरणको प्राविधिक परीक्षणमा रहेको छ ।
भारतमाबाट आयात हुँदै आएको रेम्डेसिभिर कोरोना संक्रमण बढेपछि निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा पनि कोरोनाका जटिल बिरामी बढेपछि बंगलादेशबाट औषधि व्यवस्था विभागले आयान हेल्थकेयरलाई रेम्डेसिभिर औषधि ल्याउन अनुमति दिएको छ ।
















महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया