कांग्रेस विशेष महाधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ ।
विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरे। यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौँ सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।
विशेष महाधिवेशनलका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाएको छ । पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।













इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया