कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद्को बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसअघि गत साउन २५ गते मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक चौधरीको परिवारलाई रु पाँच लाख राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
यस्तै बैठकले सुदूरपश्चिम प्रदेशमा सडक मर्मत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सडक मर्मत समूह निर्देशिका स्वीकृत गरेको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले जानकारी दिए ।
प्रदेश सरकारले निर्माण गरेका कालोपत्र सडकको नियमित मर्मत सम्भारका लागि मर्मत समूहमार्फत सडक मर्मत कार्य गरिनेछ । प्रत्येक वर्ष प्रदेश सरकारले करिब दुई सय किलोमिटर कालोपत्र सडक निर्माण गर्दै आएको छ । यसरी नियमित मर्मत तथा सम्भार गर्दा सडकको आयु लामो हुने अपेक्षा प्रदेश सरकारले गरेको छ ।
बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया