कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र
मेरोन्यूज
२०८२ पुष २८ गते ७:२५

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्दसत्र हुन लागेको हो ।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम सुरु हुनेछ भने १० बजेदेखि बन्दसत्र चालु हुनेछ ।विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या दुई हजार ६६२ पुगेको छ । यो भनेको कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो । असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरुको हस्ताक्षर थियो ।दर्ता प्रक्रियासोमबार बिहान ८ बजेदेखि पुनः ले निरन्तरता हुँदैछ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया