नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्यायको छ ।
युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको बैंकले जनाएको छ ।
एनआईएमबी युनियन–पे कार्ड मार्फत ग्राहकले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् । विश्वभरका लाखौं व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने बैंकले जनाएको छ ।
कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ।
बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
















इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया