नयाँ प्रजातिको कोरोनालाई अहिलेको खोपले काम गर्छ : डा. गौतम
मेरोन्यूज
२०७८ जेठ ५ गते १७:०३

काठमाडौँ । नेपालमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९)लाई अहिले लगाएको खोपले काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा भेटिएका ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ भाइरसलाई अहिले प्रयोग भइरहेको कोरोनाविरुद्धको खोपले काम गर्ने जानकारी दिए ।
उनका अनुसार नयाँ प्रजातिको भाइरसले तीव्र गतिमा फैलिने र संक्रमितलाई जटिलता देखिने गर्छ । उनले भने, “खोप लगाउने भन्दा नलगाउनेलाई यो प्रजातिको भाइरसले जटिलता बढी हुने देखिन्छ ।”
“कोरोनाबाट बच्न घर बाहिर नजाने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्न र दुरी कायम गर्ने,” उनले भने । नेपालमा तीन प्रकारको भाइरस देखिएका छन् ।
हालसम्म नेपालमा भारतको कोभिडसिल्ड र भेरोसेल खोप प्रयोग हुँदै आएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया