प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ

काठमाडौँ । नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका हुन् ।
अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गरे । उनले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको उल्लेख गरे । “नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,” अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
नेपाल प्रेस युनियनले युनियनमा आवद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध समेत गरेको छ ।

















तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज स्थगित
सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन
मध्यपूर्व युद्धले भारतको ग्यास आपूर्ति जोखिममा
टिकटकर रतन कार्की प्रहरीको नियन्त्रणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया