रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।
बुधबार महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई स्वीकृति दिएको हो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले मुद्दा फिर्ता लिने बिषयमा कार्यालय समय सकिनु केहीबेरअघि नायव महान्यायाधिवक्ताहरुसँग परामर्श गरेकी थिइन् ।
महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँग काठमाडौं, रुपन्देही, पर्सा, कास्कीलगायतका सरकारी वकिलको कार्यालयले रास्वपा सभापति लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने छन् ।
सम्बन्धित अदालतले अनुमति दिएमा आरोपपत्रबाटै यी दुईवटा मुद्दा स्वतः फिर्ता हुने छन् । त्यसपछि लामिछानेको सहकारी ठगी प्रकरणको अभियोग मात्र बाँकी रहने छ ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया