कर छुटको सुविधा चैत मसान्तसम्म

गण्डकी। पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्म तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म विस्तार गरेको छ।
राजस्व सङ्कलन प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राहीहरू मर्कामा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नगरसभाले उक्त निर्णय गरेको हो।
चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनमा रहे पनि प्रणालीगत समस्याका कारण कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था आएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिएका छन्।
उनका अनुसार सेवाग्राहीले चाहेर पनि राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण कर तिर्न नसकेको भन्दै कर छुटको समयावधि चैत मसान्तसम्म बढाइएको हो।
यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही प्रभावित भएको भन्दै वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले छुटको समयावधि थप्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए।















अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया