नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा ग्लामोर्गन टिमका सहायक प्रशिक्षक इयान हार्भेलाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ।
बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा क्यानले आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकपलाई लक्षित गर्दै राष्ट्रिय टोलीको विशेष तयारीका लागि हार्भेलाई नियुक्त गरिएको जनाएको छ।
क्यानका अनुसार हार्भेको अन्तर्राष्ट्रिय खेल अनुभव र प्रशिक्षकका रूपमा रहेको दक्षताले विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताअघि नेपाली टोलीको बलिङ विभागलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
क्यानले हार्भेको मार्गदर्शनले नेपाली बलरहरूको विकासमा उल्लेखनीय योगदान पुग्ने र विश्वकप यात्रामा राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विश्वाससमेत व्यक्त गरेको छ।
हाल नेपालका क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल छन् भने सहकायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन्।














देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया