गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको भएको तालमेल कायम रहने जनाएको छ।
काग्रेसको बुधबार सम्पन्न विशेष महाधिवेशनले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको थियो। त्यस निर्णयले राष्ट्रिय सभा चुनाव एमालेसँग गरेको तालमेल के हुन्छ भन्नेमा चर्चा भइरहेको छ।
नवनिर्वाचित कांग्रेसका प्रवक्ता देवराज चालिसेले यसअघि पार्टीसँग भएका सबै निर्णय अस्वीकार नगरिने बताए। उनले भने, ‘ निर्वाचनमा गइसकेका कुरामा त्यति सान्दर्भिक हुँदैन। पार्टीले निर्णय गरेअनुसार नै जाने हो, सहयोग गर्ने हो।’
राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच तालमेल गर्ने सहमति भएको थियो। त्यही सहमतिका आधारमा तीनै पार्टीले उम्मेदवारी दिएका थिए।















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया