राष्ट्रियसभा निर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

वाग्मती । राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखउपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।
बिहान ९ बजेदेखि शुुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ । वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा(एमाले)का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् ।
निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राईलगायत नेता आज हेटौंँडा आएका छन् ।










शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्तिका लागि अनलाइन पोर्टल सार्वजनिक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया