एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ ।
जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए । उनले अनुसार चाँडै नै निर्वाचन लागि प्राप्त भएका उम्मेदवारका विषयमा टुङ्गो लगाइने बताए ।
“सबै जिल्ला हुँदै प्रदेश कमिटीबाट आगामी निर्वाचनका लागि उम्मेदवारका नाम आएका छन्”, उनले भने, “कुनै निर्वाचन क्षेत्रबाट एकल र कुनैबाट एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस भई आएका छन्, हामीले चाँडै नै निर्वाचन क्षेत्रबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाउँछौँ ।”
एमालेले कम्तीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । कुनै कुनै निर्वाचन क्षेत्रबाट तीनभन्दा पनि बढी उम्मेदवारको नाम जिल्ला कमिटीले सिफारिस गरी पठाएका उनको भनाइ रहेको छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका रहेको छ ।













प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया