गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन्, जुन प्यालीष्टिीनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।
सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन्।
उनले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषदको रूपमा वर्णनसमेत गरेका छन् ।
शान्ति परिषद्को प्रमुखको हैसियतमा उनले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउँदै प्यालेस्टिनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाएका छन् ।
युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन भएको केही समय पछि यो घोषणा आएको हो ।
अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागु भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथी का साथै प्यालेस्टिनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ ।
अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबार देखि लागु भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ ।
















आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया