विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक दलहरू निर्वाचनका लागि सम्पूर्ण रूपमा तयार हुनुपर्ने बताउँदै संसद् पुनःस्थापनाको पछाडि नलाग्न जोड दिए ।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सरकारलाई आग्रह गर्दै पूर्वप्रधानमन्त्री दाहालले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता समाधान गरी सुशासन कायम गर्नुपर्ने विचार व्यक्त गरे । उनले समान वैचारिक दृष्टिकोण रहेका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य पार्टीसँग पनि एकता गरिने जानकारी दिए।
सहसंयोजक माधवकुमार नेपालले पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताए । पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक विचार र सिद्धान्त मिलेका दल एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने उल्लेख गरे । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य नेतृत्वको टोलीलाई नेकपामा स्वागत गरिएको थियो ।















रविको निर्देशनपछि आइतबारका लागि सारियो रास्वपा सचिवालय बैठक
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया