पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई जानकारी दिँदै भने,“आगलागी गुल प्लाजामा सुरु भएको थियो । यो बहुमंजिला मल एमए जिन्नाह रोडमा अवस्थित छ र यहाँ एक हजार २०० भन्दा बढी पसलहरू छन् ।”
प्रवक्ता अनुसार, दमकल टोलीहरूले लगातार काम गर्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो मलका धेरै तलाहरूमा फैलिएको छ ।
रेस्क्यु ११२२ का अधिकारी हस्सानुल हसीब खानले आइतबार बिहानसम्म करिब ४० प्रतिशत आगो नियन्त्रणमा आएको बताएका छन् । “अधिकांश पसलहरूमा भाँडा, लत्ताकपडा, बिजुलीका सामान, सौन्दर्य सामग्री र इत्र रहेका थिए, जसले आगोलाई बढाएको छ,” उनले भने । साथै, प्लाजाको एउटा भाग भत्किएको र एक उद्धारकर्मी त्यसमा पुरिएको जानकारी दिए ।
उद्धार अधिकारीका अनुसार, केही मानिसहरू अझै भवनभित्र फँसेका छन् र तिनीहरूको उद्धारको प्रयास जारी छ ।
प्रहरी अधिकारीहरूले बताएअनुसार, आगो सुरुमा भवनको भुइँ तलाको पसलहरूमा लागेको थियो र छोट सर्किटका कारण फैलिएको देखिन्छ ।
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया