पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनयन दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १६:४०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनको स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए ।
डा भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेका छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिनुभएका डा भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
सम्बन्धित















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया