सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी

आगामी फागनु २१ गते हुने तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली-२ मा उम्मेदवारी दिने विषयमा नेपाली कम्युनिस्ट पार्टीमा विवाद भएको छ। नेकपाका नेता महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् ।
नेकपाले यो क्षेत्रमा यसअघिका सांसद समेत रहेका लेखनाथ (राजन)दाहाललाई टिकट दिएको थियो। त्यसै अनुसार उनले उम्मेदवारी दर्ता गराए। तर, सँगै नेकपाको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दियो।
महेश्वरले फेसबुकमा लेखेका छन्, जब स्वेच्छाचारितालाई नै वैधानिकता बनाइन्छ भने विद्रोह कर्तव्य बन्छ ।
महेश्वरकाे बागी उम्मेदवारीलाई नेकपाका नेता हरिबोल गजुरेलले साथ दिएका छन्। उनी प्रस्तावक बनेपछि महेश्वरले उम्मेदवारी दिएका हुन्।
यो क्षेत्रमा यसअघि गजुरेलले निरन्तर चुनाव जित्दै आएकोमा २०७९ को चुनावमा राजनलाई टिकट दिइएको थियो। यसपटकपनि राजनलाइनै प्रचण्डले च्यापेपछि हरिबाेल र महेश्वर रुष्ठ बनेका हुन् ।
















भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया