ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

ओखलढुङ्गा।ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् ।
्मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टीबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, जनता समजावादी पार्टी (संयुक्त)बाट नेत्रबहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीबाट अम्बिरबाबु गुरुङ, समावेशी समाजवादी पार्टीबाट पिङ्की राई (बेगुराम राई) र मितेरी पार्टी नेपालबाट कुमार बहादुरले मनोनयन दर्ता गरेका हुन् ।
यस्तै मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र मानेभन्ज्याङ–४ कै नारायणकाजी तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया