भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन ने क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा नेपाल मजदुर किसान पार्टीबाट सुवाल पुरानै उम्मेदवार हुन् भने क्षेत्र नं २ मा ३२ जनाले उम्मेदवारी दर्ता गराउँदा एमालेका बस्नेत पुरानै उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिनुभएको छ । यहाँ अधिकांश उम्मेदवार नयाँ हुन्।
भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए । विसं २०७४ मा उनले पार्टीमा पुस्तान्तरण गर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गरेपछि नेमकिपाबाट सुवाल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । नेकपा (एमाले)बाट उम्मेदवार भएका सोम मिश्र यसअघि चाँगुनारायण नगरपालिकाको प्रमुख र नेपाली काँग्रेसबाट उम्मेदवार हुनुभएका किरण न्यौपाने नेपाल बार एशोसिएशन भक्तपुरको अध्यक्ष भइसङ्कोके छ ।
भक्तपुर क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले यसवर्ष तेस्रो पटक उम्मेदवारी दिएका हुन । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उनी उम्मेदवार भएका थिए । बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।
विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भए। उनीसँग एमालेका बस्नेत पराजित भएका थिए । यसपटक यहाँ नेपाली कांग्रेसबाट पत्रकार कविर राणाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामप्रसाद सापकोटा (दिपशिखा)ले उम्मेदवरी दर्ता गराएका छन् ।
















Former Home Minister Lekhak arrested
Former Prime Minister, CPN (UML) chair Oli arrested
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया