पर्सामा १०८ जनाको उम्मेदवारी

वीरगञ्ज (पर्सा)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी दर्ता भएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल रुगंटा, नेकपा (एमाले)बाट प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायतको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ बाट ३२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट अजयकुमार चौरसिया, नेकपा (एमाले)बाट रिमाकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिलकुमार कानुलगायतको उम्मेदवारी परेको छ ।
यस्तै क्षेत्र नम्बर ३ बाट २२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ बाट २४ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश रिजाल, नेकपा (एमाले)बाट जालिम मियाँ मंसुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारुलगायतको उम्मेदवारी परेको छ ।
















पूर्वप्रधानमन्त्री ओलीलाई राखियो टिचिङ अस्पतालको ‘रेड जोन’मा
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल
ओलीको पक्राउपछी हर्क साम्पाङ -प्रतिशोधको राजनीति सुरु हुन्छ भनेकै थिए
मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास कानुनको मजाक – रमेश लेखक
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया