पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता

पर्सा । नेकपा (एमाले) का तर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा रूपेश कुमार पाण्डेले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
मनोनयन दर्ता पश्चात् पाण्डेले आफ्नो मुख्य उद्देश्य यस क्षेत्रको चौतर्फी विकास रहेको बताए ।
यस्ता छन् पाण्डेका प्रतिबद्धता
शिक्षा र स्वास्थ्यमा सुधार: गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राख्ने।
नमुना क्षेत्र निर्माण: आर्थिक र सामाजिक रूपान्तरणमार्फत पर्सा–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने।
युवा नेतृत्व: युवा ऊर्जा र नयाँ सोचका साथ परिणाममुखी काम गर्ने प्रतिबद्धता।
उम्मेदवारी दर्तापछि पाण्डेले भने, “पर्सा–३ लाई विकासको नयाँ मोडमा पुर्याउन मेरो नेतृत्व ऐतिहासिक हुनेछ।“ उनको उम्मेदवारी र सक्रियतालाई स्थानीय स्तरमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया