बिहीबार, माघ ८, २०८२

महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार

मेरोन्यूज २०८२ माघ ८ गते १२:१५

काठमाडाैं । आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालकाे लगातार दोस्रो हार भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएकाे हाे ।

नेदरयान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३८ रन बनायो ।

नेपालका लागि रुविना क्षेत्री अविजित ३७, सीता रानमागरले अविजित २७, विन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन बनाए ।

प्रतिक्रिया