बिहीबार, माघ ८, २०८२

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

मेरोन्यूज २०८२ माघ ८ गते १६:००

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागिएको हाे ।

भाेलिकाे बैठकमा सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेकाे बुझिएको छ ।

पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको थियो। नयाँ केन्द्रीय कार्यसमिति बनेपछि पहिलोपटक शुक्रबार सानेपामा बैठक बस्न लागेको हाे ।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही-४ मा उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया